घट्यो रेमिट्यान्स, नौं महिनामा भित्रियो ६२७ अर्ब

चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा करिब ६ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चैत मसान्तसम्मको तथ्यांक सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स ६२६ अर्ब ९० करोड रुपैयाँ भित्रिएको जानकारी दिएको हो ।

अघिल्लो वर्ष २०७५/७६ को सोहि अवधिको तुलनामा ४ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष ०७४/७५ को तुलनामा भने २०७५/७६ को नौं महिनामा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *