गजल

धेरै दिनपछि सुनसान सहर देखियो

जताततै कोरोनाको कहर देखियो ।

कोही कुबेर होला कोही सुदामा होला

सबैमा जीवन बाँच्ने रहर देखियो ।

न ज्ञान न विज्ञानसँग छ औषधी

सर्वत्र व्याप्त अनौठो जहर देखियो ।’

                                                      –लीलाधर प्रतीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *