गजल

आकाश मा हेरेर सबैले प्रार्थना गरौ ।
धर्तिमा मा टेकेर सबैले कामना गरौं !!

दुखद बिनाशकारि बिषालु संक्रमण को !
सुरक्षित हुदै घरभित्रै बसेर सामना गरौ !!

परिस्थिति अनेक बाधा हरु कति कति !
परिवार संग बसेर आराधना गरौ !

कुन बेला के हुन्छ के भोग्नु सुन्नु पर्ने हो !
मागौ ईश्वर संग मद्दत को सरहाना गरौ !!

अष्ट्रेलियाको डढेलोले जस्तो सखाप हुने भो !
भोलिको उज्यालो सुन्ने आशाको भावना गरौ !
                      ----- शारदा क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *