मुस्ताङमा सुख्खा पहिरो जाँदा तीन वटा पुल बगायो

हाल देशैभर बाढी पहिरोले बितण्डा मच्चाई रहेको समयमा हिमालपारीको जिल्ला मुस्ताङको बाह्रगुङ मुक्तक्षेत्र गाउँपालिका–२, झोङमा शुख्खा पहिरो जाँदा कागखोलाका ३ वटा पुल बगाएको छ ।
शनिबार साँझ साढे ६ बजे पहिरो गएपछि ८ बजे सम्म कागखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले बताउनुभयो ।

कागखोलामा बाढी आउँदा बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–१ र २ को सिमाना रहेको झोङ र खिङ्खा जोड्ने, खिङ्गा र कुटाक तथा बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका–४, कागबेनी वारीपारी गर्नेगरी तीन वटा काठले बनेका पुल बाढीले बगाएको छ । माववीय क्षति नभए पनि पुल बगाउँदा आवतजावतमा समस्या भएको प्रजिअ अर्यालले बताउनुभयो ।

अर्यालका अनुसार पहिरोले थुनिएको खोलाको ताल फुटेर आउँदा हिन्दू धर्मावलम्बीहरुले पितृकार्य अर्थात् श्राद्ध गर्ने कागबेनीके श्राद्धस्थलमा क्षति पुगेको छ । त्यस्तै पहिरोले कागबेनी–झोङ–मुक्तीनाथ सडक खण्ड समेत अवरुद्ध भएको प्रजिअ अर्यालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *