उपत्यकामा टेम्पो चालकलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा सफा टेम्पो चालकलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनी चार दिन अगाडि मात्र सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आइपुगेका थिए । त्यसक्रममा नाकामा उनको स्वाब संकलन गरिएको थियो । त्यसपछि कोठामा पुगेका उनले लगातार तीन दिन शंमखुल रुटमा टेम्पो चलाए ।

शनिबार उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको खबर आउँदा उनी ट्याम्पो चार्जिङ स्टेशनमा थिए । प्रहरी र सुरक्षाकर्मीको टोलीले उनलाई त्यहीँबाट आइसोलेसन सेन्टरमा लगेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिनु भयको छ ।

राईका अनुसार उपत्यकामा ७१४ वटा सफा टेम्पो छ भने करिव एक हजार चालक छन् ।

धेरै टेम्पो सामूहिक रुपमा ग्यारेन्जमा राख्छन् र चार्जिङ स्टेशनमा पनि भेटघाट गर्ने गर्छन् । यसैले एक जना चालकलाई संक्रमण पुष्टि भएकाले सम्पर्कमा आएकाहरुको सम्पर्कमा धेरै मानिस आएको हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *