वेष्ट इंडीज विरुद्धको श्रृंखला इंग्ल्याण्डलाई

वेष्ट इंडीजविरुद्धको तीन खेलको टेस्ट क्रिकेट श्रृंखला घरेलु टोली इंग्ल्यान्डले जितेको छ ।

म्यान्चेस्टरमा हिजो सकिएको तेस्रो टेष्टमा वेष्ट इन्डिजलाई २ सय ६९ रनले हराउँदै इंग्ल्यान्डले श्रृंखला २–१ ले जितेको हो ।

ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज दोस्रो पारीमा १ सय २९ रनमा समेटियो ।

वेष्ट इन्डिजका साई होपले ३१ रन जोड्नुबाहेक अन्य कसैले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ इंग्ल्यान्डका क्रिस वोक्सले ५ तथा स्टुवार्ट ब्रोडले ४ विकेट लिए ।

ब्रोडले यो खेलसँगै करियरको ५ सय टेस्ट विकेट समेत पुरा गरेका छन् । ब्रोड यो उपलब्धि हासिल गर्ने इंग्ल्याण्डका दोस्रो तथा विश्वका सातौं बलर हुन् ।

यसअघि इंग्ल्याण्डका जेम्स एन्डरसनले यो उपलब्धि हात पारेका थिए । श्रृंखलाको पहिलो टेष्ट म्याच पाहुना टोली वेष्ट इंडीजले जित्दा दोस्रो र तेस्रो टेष्ट इंग्लण्डले जित्दै श्रृंखला कब्जा गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *