भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा ५ जनाको हत्या भएको छ ।

स्थानीय प्रदीप थापाका अनुसार कान्छीबजारको मैनहवास्थित भैँसीफार्ममा काम गर्ने ५ जनाको हत्या भएको हो । ज्यान गुमाउनेमा ४० वर्षीय माधव मुसहर, उनकी ३७ वर्षीया श्रीमती जानकी, १७ वर्षका करण चौधरी, १७ वर्षकै आशिष चौधरी र १४ वर्षीय पोषराज मुसहर रहेका छन् ।

घटनामा संग्लन रहेको आरोपमा फार्ममा सँगै काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीलालई प्रहरीले  पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *