चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु

कोरोना संक्रमण देखिएका चितवनका एक वृद्धको आज बिहान मृत्यु भएको छ ।

भरतपुरको एक निजी अस्पताल नारायणी सामुदायिकमा उपचार गराइरहेका भरतपुर महानगरपालिका–११ का ६८ वर्षीय वृद्धमा हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै भरतपुर अस्पतालको आइसोलेसनमा लगिएको थियो । गम्भिर अवस्थामा भरतपुर ल्याइएका उनको आज विहान ७ बजे मृत्यु भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा.श्रीराम तिवारीले बताउनुभयो ।

उनमा मधुमेहका साथै रक्तचापको पनि समस्या थियो । पछिल्लो समय उनमा निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।

उनको मृत्यु बारेमा अस्पतालले छिट्टै औपचारिक विवरणसहित जानकारी सार्वजनिक गर्ने तयारी गरेको डा.तिवारीले बताउनुभयो ।

संक्रमण देखिएपछि नीजि अस्पतालले हतार गरेर सरकारी अस्पतालमा पठाउने क्रममा आवश्यक सावधानीहरु पनि नअपनाएको चिकित्सकहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *