"फूल" फूल!! फूल तँ कत्तिको लागि बेस्सरी सुहाउँछस! कसैको लागि बसाउँछस! कयौँका लागि गनाउँछ्स! कसैलाइ गलामा सुहाउँछस! कसैलाइ शिरमा सुहाउँछस! कहिले बेहेमा दुलाहालाइ सुहाउँछस! दुलहिलाइ पनि सुहाउँछस! तैँ फूल कयौंलाइ बेस्सरी रुवाउँछस! कसैको प्रेमलाइ रुवाउँछस! कसैको बिछोडमा रुवाउँछस! कसैको पर्थिव शरिरमाथी तँ हासेर अरुलाइ रुवाउँछस! हुन त तँ फूल नै होस् हरेक घर घरमा सुहाउँछस! मन्दिर मन्दिरमा सुहाउँछस! तर तैँले मानिसलाइ फेरबदल गर्न चाहिँ पटक्कै सकिनस!! केवल रुन र फुर्काउन बाहेक!!! ---सावित्री श्री परियार