नयाँ ३१४ सङक्रमित, कुल सङ्क्रमित सङ्ख्या ३,७६२, थप एकको मृत्यु

नेपालमा सोमवार ३१४ जना नयाँ सङ्क्रमित थपिएका छन्। स्याङ्जा जिल्लामा थप एकको कोभिड १९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।कोभिड- १९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या १४ पुगेको छ।

त्यसैगरी नेपालमा सोमवारसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको कुल सङ्ख्या ३,७६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित फेसबुक लाइभ मार्फत् पुष्टि गरेका हुन्।

सङ्क्रमण देशका ७६ मध्ये ७१ जिल्लामा फैलिइसकेको जानकारी पनि मन्त्रालयले दिएको छ।

सोमवार पीसीआरबाट ४,७६६को परीक्षण गरिएको र आरडीटीबाट ११,९४२ जनाको परीक्षण गरिएको प्रवक्ता गौतमले जनाए।

हालसम्म नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण १४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *