कोरोना बिमा कार्यक्रम स्थगित

कोरोना संक्रमणको बढ्दो अवस्थामा कोरोना बिमा प्रक्रिया भने स्थगित भएको छ ।   संक्रमितको संख्या  धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै  बिमा  कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन्   । सो निर्णय माथि    नियामक निकाय बिमा समितिले पनि आज  शुक्रबारबाट नै लागु हुने गरि बिमा प्रक्रिया स्थगन  गर्न सहमति जनाएको छ  ।

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले आजबाट  नै पोलिसी स्थगन भएको जानकारी दिएका छन्  । यस अघि बिमा कोरोना पोलिसी अनुसार  बिमा भइसकेकाहरुको भने  बिमा कम्पनि ले शर्त अनुसार  जोखिम वहन  गर्ने  उनले बताएका छन्  ।

युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी प्रचलन बाट फरक हुदै नेपाल मा बीमा समिति ले नयाँ किसिमको पोलिसी जारी गरेको थियो । जसमा समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

जस अनुसार बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुने व्यवस्था थियो  ।

यधपी  कोरोना बिमा कार्यक्रम  नेपाल सरकार को आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम रहेको थियो ।सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने समेत बजेटमा नै उल्लेख रहेको छ । बिमा  कम्पनीलाई सहुलियत हुने अन्य नीति पनि बजेट ले नलिएको तर   प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू  रुस्ट भएको  महासचिव क्षेत्रीले बताएका छन्   । बीमा कम्पनि लाइ सहुलियत हुने किसिम को कार्यविधि बनेर आए पुन कोरोना बिमा कार्यक्रम अगाडी बढ्ने समेत क्षेत्रीले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *