थप २०१ जनामा सङ्क्रमण पुष्टि भइ कुल सङ्ख्या २,३०० पुग्यो ,थप एक जनाको मृत्यु

नेपालमा बुधवार थप एक जना कोरोनाभाइरसका कारण मृत्यु भएको र थप २०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या २,३०० पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भइसकेको छ। नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा बुधवार मृत्यु भएको डा. देवकोटाले बताएका छन्।

यसै गरि कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्।

प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

थप सङ्क्रमितमध्ये कालीकोटका महावै गाउँपालकिा वडा नम्बर ४ का चार महिने बालक पनि रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *