कोरोना महामारी नियन्त्रण र रोकथामको निम्ति नेपाली सेना परिचालन

नेपाल सरकारले कोरोनाभाइरसको महामारी नियन्त्रण र रोकथामको निम्ति विभिन्न जिम्मेवारी दिँदै नेपाली सेना परिचालन गरेको छ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार गरेको ‘कोभिड-१९ को रोकथाम, प्रतिकार्य र नियन्त्रणको राष्ट्रिय अभियानको योजना २०७७’ मा दिएको जिम्मेवारी निर्वाह नेपाली सेनाले गर्नेछ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार सरकारको आदेशपछि नेपाली सेना खटिइसकेको छ।

पाण्डेले भने, “सीसीएमसी अन्तर्गतको सुरक्षा क्षेत्रको काम कार्यान्वनय गराउन नेपाली सेना परिचालन भएको छ। अहिले नेपाली सेना तोकिएको स्थानमा रेकी गर्न गइसकेको छ।”

हवाईमार्ग हुँदै काठमाण्डूमा र स्थलमार्ग हुँदै भारतीय नाकाबाट भित्रिने करिब नौ लाख नेपालीलाई ‘होल्डिङ सेन्टर’मा लगेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने कार्यमा सेनाले सघाउने छ।

अहिले काठमाण्डूमा हवाईमार्गबाट आउनेहरूका निम्ति चक्रपथ आसपासका पार्टी प्यालेसलाई होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिने र त्यसको काम सुरु भइसकेको बताइएको छ।विमानस्थलमा आइसकेपछि उनीहरूको कसरी व्यवस्थापन गर्ने भन्नेबारे अभ्यास सुरु भइसकेको विमानस्थलस्थित एकजना अधिकारीले जानकारी दिए।

ती अधिकारीहरूका अनुसार म्यानमारबाट सम्भवत: एकजना आजै र यूएईबाट जेठ २३ गते करिब दुई सय नेपाली आउने बताइएकाले अभ्यास तत्काल सुरु गरिएको हो।नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सरकारको आदेशपछि नेपाली सेना खटिइसकेको बताएका छन्

‘महामारीको रोकथाम, प्रतिकार्य र नियन्त्रण गरी जनताको जीवन रक्षा गर्दै जनजीवनलाई सामान्य स्थितिमा ल्याई राष्ट्रको शान्ति सुव्यवस्था कायम राख्ने’ मुख्य उद्देश्य लिएको योजनामा नेपाली सेना लगायत विभिन्न क्षेत्रको जिम्मेवारी तोकिएको हो।यसको निम्ति ‘राष्ट्रिय ऐक्यबद्धताका साथ राष्ट्रिय शक्तिमा सम्पूर्ण शक्तिहरूलाई समन्वयात्मक रूपमा परिचालन गर्नुपर्ने आवश्कता ठानेर नेपाली सेनालाई पनि जिम्मेवारी दिइएको’ बताइएको छ।
प्रवेश नाका र विमानस्थलमा आउनेलाई होल्डिङ सेन्टरमा पुर्‍याई त्यहाँबाट होटल क्वारन्टीन वा स्थानीय तहले व्यवस्थापन गरेको क्वारन्टीनमा पुर्‍याउने आवश्यक यातायातका साधनको व्यवस्थापन गर्नेकाममा नेपाली सेनालाई यातायात व्यवस्था विभागको संयोजनमा ट्राफिक प्रहरी महाशाखाले सघाउने छ ।

काठमाण्डूमा रहेका होल्डिङ सेन्टरको व्यवस्थापन सेनाले गर्ने छ भने सीमानाका सेन्टरमा उसलाई स्थानीय तहले सघाउने छ र
नेपाल र सशस्त्र प्रहरीको सहयोगमा क्वारन्टीनको सुरक्षा, रेखदेख, नगरानी र अभिलेख गर्ने काम सेनाले गर्ने छ।
यी काममा जिम्मेवार निकायको रूपमा सेनालाई राखिएको छ भने सहयोगी निकायको रूपमा अन्य विभिन्न जिम्मेवारी पनि दिइएको छ। त्यसबाहेक उच्च जोखिम रहेका इलाकाका ‘रेडजोन’ मा पनि सेना खटिने छ। समग्रमा क्वारन्टीन र आइसोलेशन लगायताको सुरक्षाको जिम्मेवारीमा सेना रहने छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *