इजरायलमा ७ हजारको संख्यामा विद्यार्थी सहित शिक्षक पनि क्वरेण्टीनमा

कोरोना भाइरसको सङ्क्रमण बढी रहदा इजरायल सरकारका अनुसार इजरायलमा  झण्डै सात हजार विद्यार्थी र शिक्षकलाई क्वरेण्टीनमा राखिएकाे छन् भने ४० भन्दा धेरै विद्यालय बन्द गरिएकाे छ ।

यद्यपि सरकारले अरु विद्यालय खुला नै रहने जनाएकाे छ । पछिल्लाे समय जेरुसेलमकाे जिम्नेसिया हाई स्कुल काेराेना भाइरसकाे एक हटस्पट बनेकाे थियाे, जहाँ सबैभन्दा धेरै नयाँ सङ्क्रमण देखिएकाे थियाे । त्यहाँ झण्डै एक सय ३० विद्यार्थी अन्य व्यक्ति सङ्क्रमित भएकाे पाइएकाे थियाे ।

स्थानीय सञ्चारमाध्यममा आएकाे खबरका अनुसार एक शिक्षकबाट सङ्क्रमण फैलिँदा ठूलाे सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएका हुन् ।

विद्यालय र दाेस्राे संस्थानमा महामारी फैलिँदा इजरायलमा सङ्क्रमणकाे दाेस्राे अवस्था सुरु हुने हाे कि भन्ने चिन्ता थपिएकाे छ । मङ्गलबार त्यहाँ एक सय १६ नयाँ सङ्क्रमित थपिएका थियाे, याे सङ्ख्या पछिल्लाे एक महिनाकै सबैभन्दा धेरै हाे ।

इजरायलमा महामारी सुरु हुँदै लकडाउन लगाइएकाे थियाे ।  हाल इजरायलमा  १७ हजार तीन सय ४२ जना सङ्क्रमित भएका छन् भने दुई सय ९० जनाकाे ज्यान गएकाे छ, याे विश्वका केही देशकाे तुलनामा कम हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *