होटल मालिक सहित ९ जना जुवाडे पक्राउ

काठमाण्डौको कमलादीमा रहेको गनगोर रिजेन्सी बुटिक होटलबाट तास खेल्दै गर्दा होटल मालिक सहित ९ जना जुवाडे पक्राउ परेका छन् ।

होटलको १०४ नम्बर कोठामा जुवातास खेल्दै  गर्दा उनिहरु रंगेहात पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।

जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय ७  रुपैयाँसहित नियन्त्रणमा लिएको एएसपी श्याम ज्ञवालीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *