तीन हजार आठसय तेह्र नेपालि स्वदेस फिर्ता हुदा, छ सय त्रिपन्न भारतीय बाहिरिए

कोरोना संक्रमणको जोखिम मोल्दै सुदूरपश्चि प्रदेका दुई मुख्य नाका भएर मङ्गलबार तीन हजार ८१३ नेपाली नेपाल भित्रिएका छन् भने सोहि नाका भएर ६५३ भारतीय बाहिरीएका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय दीपायलका प्रहरी निरीक्षक जगदिश सिंह डाँगीले मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डा चौकी नाकाबाट एक हजार २०७ नेपाली भित्रिनुका साथै १८५ भारतीय नागरिक आफ्नो देश फिर्ता गएको बताउनुभयो ।
त्यसैगरी कैलालीको गौरीफन्टा नाका बाट दुइहजार ६०६ नेपाली भित्रिएका छन् भने ४६८ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम सोमबारबाट घट्दै गएको छ । सोमबार चार हजार ७०९ भित्रिएको मङ्गलबार झण्डै एकहजार कम भित्रिएकाछन् ।
यो संगै सूदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गते यता नेपाल भित्रिने नेपालीको संख्या करिब ७१ हजार पुगेकोछ भने बाहिरीनेको संख्या नौहजार बढी पुगेको छ
सिमा प्रबेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सिमामै गाडी ब्यवस्था गरी उद्धार गरेकाछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *