आझ अझै धेरै संक्रमित थपिए ,पुगे २०९९

विभिन्न जिल्ला मा संक्रमित को संख्या थयिये संगै नेपालमा कुल संक्रमित संख्या २०९९ पुगेको छ। आझ  थपिएका   २८८ जना कोरोना संक्रमित हाल  सम्मकै ठूलो दैनिक वृद्धि हो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रौतहटमा  ७४, स्याङ्जामा ५, पर्वतमा ५, सप्तरीमा १, बर्दियामा ३, बाँकेमा १‍७, सुर्खेतमा २७, दैलेखमा ९, सल्यानमा १८, अछाममा १०, बारामा १, दाङमा १७, प्युठानमा १, कन्चनपुरमा ८, कैलालीमा १०, धनुषामा ६, महोत्तरीमा २, सर्लाहीमा २१, सिरहामा १७, भक्तपुरमा १, धादिङमा १, कपिलवस्तुमा १६, काठमाडौं मेडिकल कलेजमा ४ जना, नवलपराी पूर्वमा १, नवलपरासी पश्चिममा १, नुवाकोटमा २, रूपन्देहीमा १० गरि जम्मा  २८८ जना थपिएका हुन्

पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढेको मन्त्रालयका प्रवक्ता देवकोटाले बताएका छन् । उनका अनुसार अहिले देशभरि १ लाख ४५ हजारभन्दा बढी मानिस क्वारेन्टिनमा रहेको जानकारी दिएका छन् ।

नेपालमा संक्रमित संख्या २०९९ पुगेको मध्ये २६६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हाल सम्म  ८ जनाको मृत्यु समेत  भै सकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *