नेपालमा काेराेना संक्रमित संख्या १७९८,डिस्चार्ज को संख्या २२१

नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमण पुष्टि भए संगै कोरोना संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनु भएकों हो ।जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन्।

हाल सम्म  नेपालको ५९ जिल्लामा  फैलिएको कोरोना संक्रमण बाट ८ जना ले ज्यान गुमाइ सकेका छन भने २२१ उपचार पछि घर फिर्ता भयका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *