गृहमन्त्री थापा को निर्देशनपछि रुकुम घटनामा सीआईबी टोली खटिने

गत जेठ १० गते भएको चौरजहारी घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।

ब्युरो स्रोतका अनुसार घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको छ ।

प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए । त्यस क्रममा विकसहित ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *