अमेरिकामा ९१ वर्षपछिको भिषण प्रदर्शन

एक जना काला जातिको मानिसलाई प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेको विरोधमा गएराति अमेरिकामा भिषण प्रदर्शन गरिएको छ । सयौं प्रहरीहरु घाइते भएपछि अस्पताल भर्ना गरिएको छ भने थुप्रै मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भिषण हिंसा मच्चिएपछि अधिकांश राज्यमा संकटकाल लगाइएको छ भने प्रहरी स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि नेशनल गार्ड परिचालन गरिएको छ । सयौं भवन, कार्यालयमा आगजनी गरिएको छ भने प्रहरी कार्यालय तथा सञ्चार माध्यमका कार्यालयमा धावा बोलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास ह्वाईट हासमा प्रदर्शनकारीहरु घेराउ गर्न पुगेपछि ट्वीट गर्दै आफू असुरक्षित भएको बताएका छन् । साथै उनले आन्दोलनकारी जनतालाई क्रुद्ध कुकुरको संज्ञा दिएपछि आन्दोलनकारी झनै आक्रोशित बनेका छन् । कफ्र्यु लगाउने अमेरिकी प्रहरीका गाडीहरु जलाइएका छन् भने आगो लागेको अवस्थामा अग्नि नियन्त्रणहरु समेत जान डराईरहेका छन् ।

गएराति देखि भड्किएको दंगा फसादमा अमेरिकाका विभिन्न राज्यहरुमा अर्बौको क्षति भएको छ । गत मंगलबार गरिएको एक काला जातिको व्यक्तिको हत्याको विरुद्धमा रंगभेद विरुद्धमा प्रदर्शन गरेका हुन् । गत सोमबार जर्ज फ्लोएड नामक व्यक्तिको हत्याको विरुद्धमा शुक्रबार रातैभरि अमेरिकामा विशाल प्रदर्शनहरु भएका हुन् ।

अमेरिकामा सन् १९२९ पछिको सबैभन्दा ठूलो प्रदर्शनको रुपमा आजको प्रदर्शनलाई हेरिएको छ । अमेरिकाको मिन्नेसोटा राज्यमा हजारौं मानिसहरुले कफ्र्यु तोडेर प्रदर्शन गरेपछि प्रहरीले आत्मसमर्पण गर्ने स्थितिमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *