भक्तपुर अस्पतालको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने

भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा शुक्रवार अस्पताललाई हस्तान्तरण गरेको छ । १ करोड ८९ लाख १२ हजार ३१० रुपैयाँको लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताए ।

शुरूमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी अन्यत्र सार्नुपर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरू गरिएको अवस्थामा कोभिडको प्रकोप शुरू भएसँगै यसैलाई कोभिड उपचार गर्ने गरी भवन तयार पारिएको हो । रेक्टोफिटिङ गर्ने आयोजना अन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, शय्या, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उपचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रुपमा प्रयोग गर्ने गरी निर्माण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *