क्वारेन्टाइनमै एक महिला सुत्केरी ,महिला तथा शिशुको अवस्था सामान्य

क्वारेन्टाइनमा रहदै गर्दा १ महिलाले शुक्रवार राति बच्चा जन्माएकी छन् । भारतबाट आएको ३ दिनपछि बाजुराको बुढीगंगा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टाइनमा बस्दै आएकी तुलसी चदारा ले छोरी जन्माएकि हुन्

सोही नगरपालिका–१ मल्लाकुँडी का  विनोद चदाराको   दम्पती लकडाउनको समयमा  भारत बाट घर फर्किएका थिए ।२० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी पाउदा  सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टाइनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माउन सहयोग गरेकी थियीन । हाल सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *