एटिएम फुटाउँदै गरेको अवस्थामा एक युबक पक्राउ

एनआइसी एसिया बैंकको मध्यपुर ठिमी नगरपालिकामा भएको एटिएम फुटा उदै गरेको अवस्था मा सिन्धुपाल्चोक कदम्बासका सचिन तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । हाल मध्यपुर ठिमी नगरपालिका-६ नगदेश बस्ने २१ बर्षीय तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बाहखा बजारस्थित एनआइसी एसिया बैंकको एटिएम फुटाउँदै गर्दा मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटिएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) सहित पक्राउ गरी थप अनुसन्धान गरि रहेको  महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *