सरकार द्आवारा आ व २०७७/०७८ को लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत

सरकारले आगामी वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ल्याएको छ। कुल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ चालु खर्च हुनेछ। ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत खर्च हुनेछ। सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउनेछ। साथै वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ। साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा कुल बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। यसवर्ष विगतको तुलनामा कुल बजेटको आकार केही घटेको छ।  अर्थमन्त्री खतिवडाले प्रशासनिक खर्चमा व्यापक कटौती गरिएको बताएका छन्। आगामी वर्ष आन्तरिक ऋणको रकम विकास खर्चमा मात्रै विनियोजन गरिएको पनि खतिवडाले बताए। सरकारले आगामी वर्ष ७ प्रतिशत आर्थिक बृद्धि हुने लक्ष्य लिएको छ।

चालु वर्ष साढे ८ प्रतिशतको लक्ष्य राखिएको थियो। तर कोरोना भाइरसको संकटका कारण उक्त लक्ष्य २.३ प्रतिशत मात्रै सीमित हुने भएको छ। अर्थमन्त्री खतिवडाले मूल्य वृद्धिको लक्ष्य चालुभन्दा एक प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत प्रक्षेपण गरेका छन्। बजेट को पूर्ण व्यहोरा को  बक्तब्य यो बजेट_वक्तव्य_२०७७ बाटहेर्न सकिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *