४७ जिल्लामा फैलियो कोरोनाभाइरस,संक्रमित संख्या ८८६

बुधबारसम्म कोरोनाभाइरसको संक्रमण देशका ४७ जिल्लामा देखिएको छ।

बुधबार रुकुम पूर्वमा समेत कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमण ४७ जिल्लामा पुगेको हो । हालसम्म सबैभन्दा बढी संक्रमित बाँकेमा १७० जना रहेका छन् भने त्यसपछि कपिलवस्तुमा १०९ जना र रौतहटमा १०७ जना रहेका छन् ।

बुधबारमात्रै ११४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कूल संक्रमितको संख्या ८८६ जना पुगेको छ।
यस्तै १८३ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका गरी ४ जनाको मृत्यु भएको छ । यसैबीच हालसम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ र आरडिटी विधिबाट १ लाख २ सय ८७ जनाको नमुना परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *