सबै पत्रकारको कोरोना परीक्षण गर्न कांग्रेस सभापतिको माग

कोरोना महामारीमा रिपोर्टिङमा खटिएका पत्रकार जोखिममा रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशैभरका पत्रकारहरूको परीक्षण गर्न माग गर्नु भयको छ ।

नेपाल प्रेस युनियनले स्थापना दिवसमा  अवसर मा गरेको कार्यक्रममा सभापति देउवाले बोल्दै कोरोना जोखिमका बेला पत्रकारिता काम सजिलो नभयको र देशभरका पत्रकारका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य रहेको बताउनु भयो ।

वीरगञ्जलगायत ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको भए पनि सरकार गम्भीर नभएको देउवाको आरोप छ। देशभरका पत्रकारको नि:शुल्क परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न  सरकार समक्ष माग गर्ने समेत उहाले बताउनु भयो ।

उहाले पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउन पनि सरकारसँग माग गर्नु भयको छ । श्रमजिवी पत्रकारहरू बेरोजगार रहेको भन्दै उहाले विज्ञापन व्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेको समेत उल्लेख गर्नु भयको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *