थप ७२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६७५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौंमा धनुषामा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ ।

हिजाे आइतबार पनि १९ नयाँ संक्रमित भेटिएका थिए । त्यस्तै शनिबार ६८, शुक्रबार ५९, बिहीबार २९, बुधबार २५, मंगलबार ८३, साेमबार ८० र आइतबार १४ जनामा कोरोना पुष्टि भएकाे थियाे । हालसम्म नेपालका ७७ जिल्लामध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

अहिले देशभरका क्वारेन्टाइनमा ३९ हजार ८ सय ४ जना छन् भने ५ सय १३ जना आइसाेलेसनमा छन् । त्यस्तै हालसम्म ४८ हजार २ सय १२ जनाको पिसिआर परीक्षण गरिएको छ भने ९० हजार २६ जनाको आरडिटी परीक्षण भएको छ । चैत ११ गते देखि देश नै ‘लकडाउन’मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *