२५ दिनपछि कोरोना जितेर घर फर्किंदै बाराका दुई संक्रमित

बाराका दुई जना कोरोना संक्रमित कोरोना जितेर घर फर्किने भएका छन्। संक्रमण पुष्टि भएको २५ दिनपछि अस्पतालबाट उनीहरु डिस्चार्ज हुन लागेका हुन्।

बाराको जीतपुरसिमरा ७ का ४३ वर्षीय र सिम्रौनगढ ४ हरिहरपुरका ३१ वर्षीय पुरुष नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारत थिए।

नारायणी उपक्षेत्रीय अस्पतालका डा. मनोज उपाध्यायले परीक्षणमा नेगेटिभ आएकाले डिस्चार्ज गर्न लागिएको जानकारी दिए। प्रकृया पूरा गर्न फाइल तयारी भइसकाले आजै डिस्चार्ज गरिने उनले बताए। उनीहरुसँगै पर्साका ४ जना, रौतहटका ३ जनालाई पनि आजै डिस्चार्ज गरिने उनले जनाए। दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ। दुवै जना जमातीसँगै आएको भारतबाट आएका थिए। दुई जनालाई जितपुरसिमरास्थित कोरोना अस्थायी अस्पतालमा शंकास्पद बिरामीका रुपमा आइसोलेसनमा भर्ना गरिएको थियो। उनहरुमा फागुन २८ गते संक्रमण पुष्टि भएको थियो। वीरगन्ज १६ स्थित इनरुवा पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई ट्रेसिङ्ग गरेर बैशाख १४ गते सम्पर्कमा ल्याएर सिमराको कोरोना अस्थायी अस्पतालमा राखिएको थियो। उनीहरुको सम्पर्कमा आएका सबैको रिपोर्ट नेगेटिभ आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *