दोब्बर मूल्यमा मल बिक्री गर्ने पसल ‘सील’

अनधिकृतरुपमा बेचबिखन भइरहेको रासायनिक मल ‘सील’ गरिएको छ ।

तोकेको बजार मूल्यभन्दा दोब्बर मूल्यमा किसानलाई  मल बिक्री गरेको भन्दै जिल्ला प्रशासनले गत बुधवार अरुण गाउँपालिका–६ भोर्लाबोटका स्थानीय भद्रमान भुजेलको किराना पसलमा सील गरेको हो ।

प्रतिबोरा ७८५ रुपैयाँ मूल्य पर्ने युरिया मल २ हजारमा बेचबिखन भएको थाहा पाएपछि प्रशासनले पसल सील गरेको हो । भुजेलको स्टोरबाट ४७ बोरा मल सील गरिएपनि कहाँबाट आएको भन्ने खुल्न नसकेको बताइएको छ ।

अनधिकृत खरिद गरेर महंगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रहरी टोलीले अनधिकृतरुपमा ल्याइएको ६० बोरा मलमध्ये २० बोरा मल बेचिसकेकाले बाँकी मलमात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका प्रमुख भलबहादुर राईले बताए । वास्तविक मूल्यभन्दा १ हजार ४०० भन्दा बढीले बेचिएको मल कहाँबाट ल्याइएको विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकले मल बोकेको पाएपछि आफूले प्रतिबोरा १ हजार ८०० रुपैयाँले खरिद गरेर राखेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *