कोरोना संक्रमित संख्या ५ सय ४८ पुग्यो

शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार  कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *