भारतबाट आएका चितवनका वृद्ध दम्पतीमा कोरोना संक्रमण

भारतबाट आएका तीन जनालाई चितवनमा गरिएको कोरोना परीक्षणमा संक्रमण पुष्टि भएको छ । तीन जनामध्ये दुइ जना चितवनका हुन् भने एक जना नवलपरासीका हुन् । भरतपुर महानगरपालिका वडा नं. ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु भारतबाट चितवन आई क्यान्सरको उपचार गराएर फर्किएको जनाइएको छ । कोरोना संक्रमण भएका पुरुष ७४ बर्षका छन् भने महिला ७३ बर्षकी छन् । उनीहरुसँगै भारत गएका छोरामा भने कोरोना संक्रमण देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *