थप ३ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमितको संख्या ४५७ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल  नेपालगन्ज  र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा बाँकेको नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का ४२ वर्षीया महिला र कपिलबस्तुको सुद्धोधन गाउँपालिका निवासी  १९ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *