कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा   कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे पछिल्लो पटक रुपन्देहीमा एक र झापाका आठ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएकाे हाे ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार रुपन्देहीका २७ वर्षीय पुरुष तथा झापाका १७ वर्षका, दुई जना १८ वर्षका, दुई जना २० वर्षका, २३ वर्षका, ५२ वर्षका र ५५ वर्षकालाई कोरोना पुष्टि भएको हो ।

यसअघि आजै बिहान १७ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ५३ पुगेको छ भने तीन जनाकोे ज्यान गएको छ । ४९ जना उपचारपछि निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *