थप भुमी सहित नयाँ नक्सा सार्वजनिक

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले सो नक्सा सार्वजनिक गर्नु भएको हो ।
यस अघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *