स्वरोज़गारको आधार “कृषि” 

नेपालमा विगत दुई महिनादेखी लकडाउन भईरहेको छ। विश्वव्यापी महामारीको रुपमा देखीएको कोरोनाले कसैलाई छाडेको छैन । संसारनै कोरोनासंग लडिरहेको छ।यो कोरोनासंगको लडाईको अन्त कहिले हुने हो कोही कसैलाई थाहा छैन।आशा गरौ छिटै संसारले कोरोनावाट विजय प्राप्त गर्ने छ र सारा मानिसहरुले अकालमा मृत्युवरण गर्नु पर्ने छैन।

अहिले त संसारका प्राय देशहरुमा वन्दावन्दी लकडाउन नै छ ।आफ्ना सारा संयन्त्रहरु कोरोनाको रोकथाम र नियंत्रणमा प्रयोग गरिरहेका छन।लकडाउनवाट कसरी वाहिर निस्कने र आफ्नो अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुरामा नै विश्वको ध्यान केन्द्रित छ ।नेपाल पनि यसवाट अछुतो रहन सक्दैन।करोनाको नियन्त्रण र रोकथाम कसरी गर्ने भन्ने चुनौतिसंगै देशको अर्थतन्त्रलाई कसरी बचाउन र उकास्न सकिन्छ भन्ने चुनौती समेत नेपालको सामु एकैसाथ उपस्थित भएको छ।

यस्तो विषम परिस्थितिलाई सुझवुझ र विवेकपुण तरीकाले अगाडी बढन सक्यो भने करोना रोगको नियन्त्रणसंगै अर्थतन्त्रलाई पनि वचाउन सकिन्छ। नेपालको मुख्य आय भनेको बैदेशिक रोजगारवाट प्राप्त रेमिटान्स हो।नेपालवाट लाखौ लाख युवाहरु बैदेशिक रोजगारको सिलसिलामा विदेशी भुमीमा पसीना पोखीरहेका छन।हाल कोरोना महामारीको कारण हजारौको संख्या युवाहरुले रोजगारी गुमाएको अवस्था छ।कतिपय युवाहरु नेपाल फर्कीसकेका छन,कोही विदेशी भुमिमा अलपत्रछन भने लाखौको संख्यामा आफनो देश फर्कने प्रतिक्षामा रहेका छन।बैदेशिक रोज़गारमा रहेका युवाहरुको अन्तिम गन्तव्य भनेको आफनै मुलुक हो। संसारमा कोरोना माहामारीको कारण रोजगारी गुमाउनेको संख्या करोडौ हुने अनुमान गरिएको छ।यही हिसाबले पनि लाखौ नेपालीहरुले आफ्नो रोजगारी गुमाउने अकलन सजिलै गर्न सकिन्छ।यसवाट नेपालको अर्थतन्त्रको मुख्य स्रोतको रुपमा रहेको रेमिटान्समा प्रभावित हुन्छ।नेपालको लागी रेमिटान्स आय र आयात उपभोग भएको अर्थव्यवस्था लाई कसरी बचाउने भन्ने नै मुख्य चुनौती रहन्छ। बैदेशिक रोजगारीवाट फर्किएका युवाहरुको लागी रोजगारीको पहिलो क्षेत्र कृषि नै हुनसक्छ ।

मानव सभ्यताको विकास कृषिबाट नै भएको हो ।नेपालको अर्थतन्त्र युवाहरु बैदेशिक रोज़गारमा जानु पुर्व कृषिमा नै आधारित थियो ।विस्तारै युवाहरु बैदेशिक रोजगारीमा जानथाले पछि अर्थतन्त्र रेमिटान्समा आधारित भएको हो।लाखौ मानिसहरु अहिले पनि नेपालमा कृषि पेशामै आवध्द छन।मानिसहरुको प्राथमिकता स्वास्थ हो।स्वास्थ्य हुनको लागी साधन र स्रोत भने कृषि नै आधारित छ।

नेपालको अर्थतन्त्र रेमिटान्स पछाडी पर्यटन र कृषिमा नै आधारित हो।करोनाको महामारी पछाडी तत्काल पर्यटन व्यावसाय आगाडी बढन सक्ने अवस्था देखीन्न।पर्यटन आगाडी बढन सक्ने अवस्था भए बैदेशिक रोज़गारवाट फर्कने युवाहरुलाई पर्यटन क्षेत्रमा रोज़गारी सिर्जना गर्न सकिने थियो।बैदेशिक रोज़गारीवाट फर्कने युवाहरुलाई अहिलेको अवस्थामा रोजगारी सिर्जना गर्न सकिने एउटै क्षेत्र भनेको कृषि क्षेत्र नै हो। कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्न सकिन्छ भनेर बैदेशिक रोजगारबाट फर्कने युवाहरुलाई कृषि व्यावसाय गर भनेर मात्र हुदैन।कृषिमा अवसरको पनि सिर्जना राज्यले गरिदिनु पर्ने हुन्छ।सरकारले वार्षिक निती तथा कार्यक्रमको धोषणा तथा बजेटको बिनियोजन गर्दा कृषि लाई जोड दिदै कृषि विकास र बिस्तारका योजनाहरु अलापने गर्दछ तथापि कृषिको क्षेत्र लाई अगाडी बढाउन कुनै ठोस कार्यक्रम भने ल्याउन सकेको छैन।जे जति ल्याएको छ ति पनि कृषकमैत्री छैन्न केवल समाजका टाठावाठा,कर्मचारी र दलका कार्यकर्ता पोस्ने किसीमका मात्र छन।

कृषि व्यावसायको लागी कृषि योग्य ज़मीन कृषकको पहुँचमा छैन ।कृषिमा शिक्षा, अनुसंधान,प्रचार प्रसार,सिपमुलक तालिम तथा जनशक्ति छैन तेस्तै कृषि प्रविधिमैत्री मल,विउ विजन,सिंचाई तथा कृषि औजार उपकरणहरुको अभाव छ। किसीनहरुले उत्पादन गरेका उत्पादित बस्तुहरुले बजार पाउन सकेका छैन्न ।उपभोक्ता र किसानको बिचमा बिचौलियाहरुको राम्रो पकट छ।जसको कारणले किसानले उत्पादित वस्तुको लागत उठाउन सकेका छैन्न भने उपभोक्ताले पनि उचित दाममा प्राप्त गर्न सकेका छैन्न ।किसान अमिलो मन बनाउदै उत्पादित दुग्ध,तरकारी सडकमा फाल्न बाध्य छन भने नियामक निकाय सरकार मुकदर्सक भएर हेरीरहेको छ। सरकारले भखरै आफनो निती तथा कार्यक्रम संसदमा पेश गरेको छ।निती तथा कार्यक्रममा छलफल पनि जारी छ। सरकारले निती तथा कार्यक्रममा उल्लेख गरेको,कृषिमा आधुनिकिकरण , यान्त्रिकरण र बिशिस्टिकरण, कृषि बस्तुको प्रसोधन, प्लानिङ खेती पद्दतिको बिकास ,कृषिलाई आयमुलक र मर्यादित पेशा बनाउने ,जमिन बाझो नराख्ने,कृषि उपजको नुनतम मुल्य निर्धारण गर्ने ,कृषि उपजलाई प्रमाणीकरण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा आयात निर्यात गर्ने ब्यबस्था गर्ने ,भुमी बैङक को स्थापना गर्ने,भरपर्दो र निशुल्क प्राविधिक सेवाको ग्यारेन्टी गर्ने ,वास्तविक किसान लाई अनुदान दिने ।लगायतका राम्रो निती तथा कार्यक्रम पेश गरेको छ।कागजमा निती तथा कार्यक्रम जे जस्तो प्रस्तुत गरेको भएता पनि सरकारी निती तथा कार्यक्रम कागजवाट वाहिर आउन सकेको छैन्न ।

कोरोना माहामारीको कारण बिदेशवाट रोजगारी गुमाएर स्वदेश फर्कने युवाहरुलाई कृषि व्यावसायमा रोजगारी सिर्जना गरी रेमिटान्सवाट गिरेको वा गिरन सक्ने अर्थ व्यवस्था लाई उकास्ने हो भने हालका दिनहरुमा सरकारले कृषि क्षेत्रमा लिएको निती कार्यक्रम संतोषजनक भएता पनि कर्वान्यन पक्ष कमजोर छ ।सरकारले कृषिमा गरेको लगानी समेत प्रयाप्त छैन।सरकारले कृषि व्यावसायको विकास र विस्तारको लागी तत्काल ठोस कदम चाल्न ज़रूरी छ।जसको कारणले कोरोना महामारीको कारणले बैदेशिक रोजगारी गुमाएका युवाहरुलाई स्वरोज़गार बनाउन सकिन्छ संगै देशको अर्थतन्त्रलाई मजवुद बनाउन सकिन्छ ।

–  राजु खत्री  (अधिबक्ता )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *