वाइडबडीमा ल्यायो सेनाले चीनबाट १८.८४ टन स्वास्थ्य सामाग्री

नेपाल एयरलाइन्सको वाइडबडीमा नेपाली सेनाले चीनबाट खरिद गरेको १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको छ। ल्याइएको सामानमा पिपिई, एन-९५ मास्क लगायतका सामान रहेको सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले जानकारी दिएका छन्।

 ती सामानहरू ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो। नेपाल एयरलाइन्सको जहाज सोमबार साँझ त्यता गएको थियो।

सेनाले यसअघि नै स्थलमार्गबाट शनिबार १० कन्टेनर बढी सामान ल्याइसकेको छ। ग्वाङजाओको विमानस्थल व्यस्त भएपछि ती सामान स्थलमार्गबाट भित्र्याइएको थियो। प्रत्येक कन्टेनरमा करिब ८ टन सामान भएको जनाइएको छ।

नेपाली सेनाले कोरोना भाइरस महामारीसँग जुध्न आवश्यक सामान खरिदका लागि चीनसँग १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलरको सम्झौता गरेको थियो। यसबाट करिब ३ सय ४१ टन चिकित्सकिय सामान नेपाल ल्याइनेछ।

सरकारले यसअघि ओम्नी ग्रुपसँग गरेको खरिद सम्झौता विवादित बनेपछि आवश्यक चिकित्सकिय सामान खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *