कविता

 

” कोरोना अनि तिमी र म “

 

यतिबेला
रोकिएको छ समय
रोकिएकि छ्यौ तिमी
रोकिएको छु म
अनि
रोकियर ठप्प भएकोछ
यो पृथ्वी ।

सिङ्गोआकाश
तमासा बनेर हेरिरहेछ
केबल
यहाँ मान्छेको चर्तिकला
एउटा भाइरस
पासा भएर खेलिरहेछ
लुकामारी
बस
तिम्रो र मेरो लुकामारी
रोकिएकोछ आजकल
उस्कै कारण ।

त्रसित र भयभित अनुहारहरु
घर भित्रै कोचियर
मृत्यु सङग लुकिरहेछन
तिमी र म जस्तै
अनि प्रकृतिको नियम सङ्ग
चुकिरहेछन मान्छे
बारबार बिबेकहिन भयर।

हरेक दिन
आगोको झिल्को भयर
मृत्यु सल्किदैछ सबैतिर
झल्किदै छ एउटा कोरोना
मृत्युको त्रास बोकेर
जता ततै ।
साच्चै आजकाल
तिमी र म बिच पनि
त्रास बढेको छ मृत्युको
हाम्रो मायाको खातिर ।

हरेक समय
आसा र भरोसाहरु खोजिरहेछ मान्छे
क्वारेन्टाइन ,आइसोलेसन र आफ्नै घर भित्र
जीवन जोगाउने बिश्वास पालेर
तरपनी
अतृप्त भोक बनेर
मृत्यु कुरिरहेछ
एउटा जीव
म पनि त तिम्रै पर्खाई मा छु ।

प्रकृतिले सिर्जना गर्छ मान्छेको
मान्छेले बिनास गर्छ प्रकृति
बिकास गर्छ प्रबिधिको
अनि बिश्व खरानी बनाउने
चमत्कार गर्न सक्छ मान्छे
तर चमत्कार हुन सकेन
यो महामारिमा एउटा औसधि
र रन्थनियकाछन मान्छेहरु
जसरी म तिम्रो प्यारमा
रन्थनियको छु
यतिखेर ।

सबै झै म पनि घर भित्रै कोचियर
मृत्युका समाचार पढिरहेछु
मान्छेको चमत्कार पर्खिरहेछु
तिम्रो र मेरो सम्बन्धमा तगारो
बनेको
यो कोरोनाको पर्खाल
कहिले ढल्ने हो
माया र प्रीतको
खाडल कहिले पुरिने हो
बस,
मैले तिम्रा लागि
तिमिले मेरा लागी
हामिले घर परिवार र देशको लागि
आफू सुरछित भयर
एक मुठी सास जोगाउन
घर भित्रै बन्दी भयर
बाँच्ने प्रयासमा जुटेको छु
आज भोलि
तिमी जस्तै ।
——*——

——– श्याम लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *