कविता

 "बाघले घाँस खान्छ"

जब,
उज्यालो गएर,
रातले संसार न्याक्छ,
लुक्दै चियाउदै,
सत्ते सराप गर्दै दिन बिताएको,
बाउठो छिमेकमा लुरुक्क परि जान्छ,
ए हजुर,साच्चै  हो,
बाघले घाँस खान्छ।

खै बाघ गर्जनु पर्थ्यो,
एक पाइला अघि एक पाईला पछि हेर्दै,
आफ्नो जंगलमा सत्रु भए नभएको,
तस्कर सिकारी आए नआएको,
हेरेर चनाखो भै बस्नु पर्थ्यो,
संका लागे आक्रमण को
बलियो आसन लिनु पर्थ्यो,
यहाँ त खुट्टा सुँघ्दै जान्छ,
ए हजुर,साच्चै   हो,
बाघले घाँस खान्छ।

बाघ सच्चा पहरेदार हो,
आफ्नो जातीको रक्षा गर्नु पर्थ्यो,
आफ्नो जन्म र बासको रक्षा गर्नु पर्थ्यो,
जंगल भरी घुमेर,
पहरेदारी गर्नु पर्थ्यो,
यता साझा किन्छ र  सीमा बेच्छ,
ए हजुर,साच्चै  हो,
बाघले घाँस खान्छ।

बाघ लोपोन्मुख हो,
सन्तुलनको कारक हो,
साहासीको पर्याय हो,
ए!संरक्षणमा लागेका मान्छे,
आओ,यता अनौठो बाघ पाईन्छ,
जो बाठोलाई च्यापेर कम्जोर मार्छ,
जो दिन दुई गुणा,रात चौगुणा हुदै,
बथानका बथान बन्छ।
ए हजुर,साच्चै   हो,
बाघले घाँस खान्छ। 

      ------माधव बिडारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *