गजल

तिम्ले दिलमा राखेँ भन्दा मैले सुर्ता लिनु परेको हो ।
घुन पनि मकै भित्र बसेकै कारण पिसिनु परेको हो ।

मेरै औकातले म यो अबस्थामा आउँने मान्छे होइन 
मेरा बाबा आमा मेरैलागी घाममा सेकिनु परेको हो ।

माकुराले सन्तानबाट प्रगति देख्ने इच्छा के राख्नु
यो देशले माकुरा मात्र जन्मायो र बेचिनु परेको हो ।

बच्चाले आमा खोज्यो तारा देखाएँ अनि रुँदै भन्यो
झर्नु नि ताराहरु किन आकाशमा अडिनु परेको हो ।

सपना हो त्यो बिगत बिर्सि भन्दै कोहि गएको थियो
मलाई मात्र किन हरपल उसैलाई सम्झिनु परेको हो।

                            --मैयाँ लामिछाने 
                              सिन्धुलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *