खोटाङमा पनि एक युवकमा कोरोना:संक्रमितको संख्या ३ सय ५९

काठमाडौंबाट खोटाङ पुगेका एक युवकमा कोरोना संक्रमण देखिएको छ। हलेसी तुवाचुङ नगरपालिका-७ निवासी २० वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको नगरपालिकाका  मेयर इवन राईले बताए।

उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। युवकलाई मंगलबार बिहान विराटनगरको कोशी अस्पताल लैजाने नगरपालिकाको तयारी छ।

युवक गत वैशाख १२ गते काठमाडौंबाट खोटाङ पुगेका थिए। नगरपालिकाले काठमाडौंमा अलपत्र परेकाहरूलाई उद्दार गर्दा सोही टोलीमा उनी पनि खोटाङ पुगेका थिए।

मेयर राईका अनुसार उनी काठमाडौंमा फाइनान्समा पैसा उठाउने काम गर्थे। उनीबारे थप विवरण लिने काम भइरहेको छ।

काठमाडौंबाट हलेसी पुगेर उनी होम क्वारेन्टाइनमा बसेका थिए। उनको पिसिआर परीक्षणका लागि गत वैशाख २ गते स्वाब धरान पठाइएको थियो।

योसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५९ पुगेको छ। सोमबारै बाँकेका ४७ जनामा संक्रमण देखिएको हो। अहिलेसम्म कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *