एक जनामा कोरोना भेटिएपछि गुल्मीको मदाने गाउँपालिका सिल

एक जना कोरोना संक्रमित भेटिएपछि गुल्मीको मदाने गाउँपालिका अनिश्चितकालका लागी पूर्ण सिल गरिएको छ । सोमबार मदानेमा ४१ वर्षीय पुरुषमा कोरोना भाइरसबाट संक्रमित देखिएपछि गाउँपालिका पूर्ण रुपमा सिल गरिएको हो ।

संक्रमतिको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहको छ । गाउँपालिकाले उनको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश भण्डारीद्वारा जारी विज्ञप्तिमा जोखिमका समयमा गाउँपालिका बासीलाई धर्यतापूर्वक रहन र कोरोनाविरुद्धका सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *