उपत्यकाका बिभिन्न १० स्थानमा सिल साथै प्रवेश निषेध

संक्रमण को उच्च जोखिम का कारण उपत्यकाका १० ठाउँ सिल गरिएको छ । उपत्यकामा कोरोनाभाइरसको संक्रमण  फैलिएपछि उच्च सर्तकता अपनाउँदै उपत्यकाका १० ठाउँ सिल गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड,  चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३०० मिटर क्षेत्र सिल गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उक्त क्षेत्र सिल गरिएको छ ।

युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने   चोक क्षेत्रदेखि २५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

संक्रमित युवती सर्लाही रामनगरकी हुन् । उनलाई अहिले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेसनमा राखिएको छ ।

यस्तै ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी एरियामा पनि सिल गरिएको छ ।

यस्तै गरी टोखा नगरपालिकामा पनी  नगरपालिका स्थित वडा नम्बर ९ ,गोङ्गबु क्षेत्र लाई  गत शनिबार कोरोनाले मृत्यु भएकी महिला बसोबास गरेको क्षेत्र भयको कारण उक्त क्षेत्र लाई पनि सिल गरिएको छ ।

यसै गरी काठमाडौंकै अर्को स्थानीय तह तारकेश्वर नगरपालिकामा प्रवेश निषेध गरिएको छ ।तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध  गरेको छ ।

कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए ।

नगरपालिकाले लकडाउन अवधिमा काठमाडौं उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ ।

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *