कोरोना भाइरस बाट ज्यान गुमाएकी महिला टोखा नगरपालिका मै बसोबास

सिन्धुपाल्चोक बाह्रबिसे स्थायी घर भइ कोरोना भाइरस (कोभिड-१९) बाट ज्यान गुमाएकी वर्ष २९ की महिला टोखा नगरपालिका-९ मा बस्दै आएको पाइएको छ । मृतकका एक जना आफन्तले बताएअनुसार तीन महिना अघिसम्म भाडामा  बस्दै बालाजुमा तरकारी पसल चलाउँथिन् । गर्भवती भएपछि नेपाली सेनाबाट अवकाशप्राप्त श्रीमानको सल्लाहअनुसार पसल छाडेकी थिइन् ।त्यती खेर  ११ चैतमा लकडाउन भएपछि उनले वडा कार्यालयबाट सरकारी राहत पनि लिएकी थिइन् ।

टोखा नगरपालिका ९ कै बसाइ मै रहेका बेला २३ वैशाखमा व्यथाले च्यापेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । ‘भोलिपल्ट छोरा जन्मियो र २५ गते उहाँ डिस्चार्ज हुनु भएको थियो’, बाह्रबिसे गाउँपालिकाका मेयर निमफुन्जो शेर्पाले  बताएअनुसार ‘डिस्चार्ज भएर उहाँ सिधै गाउँ आउनुभएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *