धुलिखेल अस्पतालमा भयको महिलाको मृत्यु को कारण कोरोना भए नभएको परीक्षण हुँदै

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। २४ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी २९ वर्षीया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ।

२५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताए। ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उनले बताए। प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने बताए।  भने, ‘विस्तृत विवरण लिइरहेका छौँ।कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन्।

रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो होइन निर्क्याैल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ।’ ती महिला सिन्धुपाल्चोकका स्थानीय हुन् । शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *