६ वर्षीया बालिकामा कोरोना संक्रमण

कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

ती बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *