२ जना पत्रकार सहित एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा एकै दिन २  पत्रकार सहित ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *