डेढ महिनापछि खुलेको सेयर बजारमा ‘नेगेटिभ सर्किट ब्रेक’

लकडाउनकै बीच मंगलबार खुलेको सेयर बजार नेगेटिभ सर्किट ब्रेकल लागेर बन्द भएको छ ।

२ प्रतिशत घटे बन्द हुने नयाँ व्यवस्था अनुसार १२ बजेर २३ मिनेट जादा बजारमा नेगेटिभ सर्किट लागेर बन्द भएको हो ।

गलबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ३० अंकले घटेर १ हजार २ सय २६ दशमलव १५ अंकमा आइपुगेको छ ।

कारोबार रकम भने १ करोड ४ लाख ३७ हजार रुपैयाँ हाराहारीमा भएको छ । लकडाउन शुरू हुनु भन्दा केहि दिन अघि नै बन्द भएकाे बजार ५० औं दिनमा खुलेकाे हो ।

नयाँ व्यवस्था अनुसार बजार दैनिक दुई घण्टा (बिहान ११ः०० देखि १ः०० बजेसम्म) सञ्चालनमा ल्याउने निर्णय भएकाे थियो ।

प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रूपमा आईपीएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्ण रूपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।

धितोपत्र बजारमा लगानीकर्तालाई कुनै विशेष अवस्थामा कारोबारको सन्दर्भमा सवारी पासको आवश्यकता परेमा ब्रोकरको सिफारिसमा बोर्ड सम्पर्क राख्ने प्रबन्धसमेत मिलाइएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । नेप्से, सीडीएससी, मर्चेन्ट बैंकरलगायतको कार्यालय आइतबारदेखि सञ्चालनमा आइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *