भारतसँगको सीमावार्ताको नेतृत्व आफूलाई दिन सुजाता कोइरालाको प्रस्ताव, भनिन्- म समाधान गर्नसक्छु

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गर्न प्रस्ताव गरेकी छन्।

संघीय संसदको अन्तराष्ट्रिय समितिमा सोमबार उनले यस्तो माग गरेकी हुन्।

उनले त्यसरी गठन गरिने वार्ता टोलीमा सबै दलका प्रतिनिधि हुने बताइन्।

विपक्षी दल तथा सत्तासिन दलकै नेताहरूबाट सीमा मिचिएको विषयमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै आलोचना भइरहेका समयमा नेतृ कोइरालाको यस्तो भनाइ आएको हो।

मलाई लाग्छ म यो समस्या समाधान गर्नसक्छु’, समितिमा उनले भनिन्।

यसैगरी केही संचारमाध्यममा आफूले कालापानी भारतलाई दिनुपर्छ भनेको समाचार आएको उल्लेख गर्दै उनले ६ महिना अगाडि भारतलाई कालापानी पाँच वर्षका लागि भाडामा दिनुपर्छ भनेको भएपनि अब सो प्रस्तावको औचित्य सकिएको बताइन्।

त्यसैगरी नेतृ कोइरालाले नेताहरूबाट चर्को राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको धारणा राखिन्।

यसैगरी उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि बताइन्।

हामीले भारतसँग सीमाको विषयमा वार्ता गर्नुपर्छ। बरु बंगलादेशसँग बन्दरगाह लिएर त्यतापट्टी पहुँच बढाउनुपर्छ’, कोइरालाले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *