कपिलवस्तुका थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

आज कपिलवस्तुका थप १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका १८ देखी ३४ बर्षका पूरुषहरुमा भारतको मुम्बई र दिल्लीबाट आएको पाइएको छ ।कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले रोजगारीको लागि मुम्बई र दिल्लीबाट फर्केका युवाहरुमा आज कोरोना भाइरस भेटिएको बताए हुन् । उनले भने, ‘उनीहरु सवै भारतबाट आएका हुन् । लकडाउनको बिचमा सिमानाका लुक्दै आएको पाइएको छ ।

उनले कहिले, कुन नाका हुँदै आएका लगायतको बिषयमा थप अनुसन्धान गर्नको लागि अहिले प्रहरी प्रशासन जाँदै गरेको बताए ।  यसअघि कपिलबस्तुमा भेटिएका ५ जना भारतको मुम्बईमा  काम गर्ने व्यतिहरु थिए । उनीहरु पनि लुक्दै कपिलबस्तु आएका थिए ।

आज भेटिएका कपिलवस्तुको यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएका हुन् ।

कोरोना संक्रमितहरु यशोधरा गाउँपालिकामा रहेको अनिरुद्र माध्यमिक विद्यालय र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइन राखिएको  थियो ।

जो कपिलवस्तु यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी १८, ,१९, २०, २४, २०, २० ,२४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुष छन् ।

उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *