प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी जेठ १५ गते नयाँ बटेज आउने

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेट कोभिड १९ रोकथामका लागि चालिएका कदमबाट अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट छिटो भन्दा छिटो वाहिर निस्कन सक्ने गरी बजेट तयार पारिने बताउनु भएको छ । आर्थिक सिथिलता अन्त्य गर्दै विकाश सुसासन र समृद्धिलाई सुचारु गर्ने मुल ध्येयका साथ आगामी बजेट प्रस्तुत हुने बताउनुभयो ।आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरू प्रतिनिधि सभामा पेश गर्नु हुँदै मन्त्री खतिवडाले कोरोनाले सरकारी वित्त निजी क्षेत्र, रोजगारीजस्ता प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउने बताउनुभएको हो ।

मन्त्री खतिवडाले कोरोना जोखीमका कारण बजेटमा अन्तरिक स्रोत को उपलब्धतामा कमी आउने तर त्यस्तो कमीलाई अन्तरर्राष्ट्रिय स्रोत परिचालन मार्पmत परिपुरण गरिने बताउनुभयो । “आन्तरिक स्रोतको परिपुरकका रुपमा अन्तराष्ट्रिय सहायतालाई परिचालन गरिने छ,”उहाँले भन्नु्भयो, यसका लागि बजेट सहायता परिचालन विधि प्रक्रिया र सर्तहरु पुनः संरचना गरिनेछ ।”

कोरोना सृर्जित प्रभवाबाट निजीक्षेत्रलाई मुक्त गर्न पनि आपूmले बजेटमा आवश्यक व्यवस्था गर्ने उहाँको भनाई थियो । मन्त्री खतिवडाका अनुसार पीडित निजी क्षेत्रले कर सहुलियत र मैद्रिक उपकरण गरी दुई खाले परिपुरण पाउनेछन् ।
आर्थिक सिथिलता र उद्योग व्यवसाय बन्द हुँदा गुमेको रोजगारीलाई पुनरस्थापना गर्ने योजना पनि बजेटमा ल्याइने जानकारी मन्त्री खतिवडाले संसदलाई दिनुभयो । कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका र थप फर्कन सक्नेलाई कृषि साना घरेलु तथा सेवा क्षेत्रमा उत्प्रेरित गर्ने कार्यक्रम पनि आउने उहाँको भनाई थियो । सिममुलक तालिममार्पmत उनीहरुलाई उत्पादनमुलक काममा जोडने उहाँको भनाइृ थियो । निजीक्षेत्र र वैदेशिक लगानीलाई पनि रोजगारी तर्पm केन्द्रित गरिने मन्त्री खतिवडाको भनाई थियो ।
मूल्य बृद्धिलाई वान्छित सीमा भित्र राख्ने र दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने उहाँले बताउनुभयो । मन्त्री खतिवडाले आगामी जेठ १५ गते संसदमा बजेट गर्नुहुने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *